बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामराज्यको आठौँ शृङ्खला : एक वर्षमा १० करोड पर्यटक भित्र्याउँछ फ्रान्स

बुधबार, २६ भदौ २०८१

काठमाडौँ ।  रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को आठौँ शृङ्खलामा फ्रान्सको लोभलाग्दो पर्यटनसँग सम्बन्धित सामाग्री प्रस्तुत गरिएको छ ।

कार्यक्रममा कोभिड कालपछि विदेशी पर्यटक भित्र्याउन दुनियाँलाई आच्छु–आच्छु परिरहेका बेला एकै वर्ष ऐतिहासिक रूपमा १० करोड पर्यटकले फ्रान्स भ्रमण गरेको विषय समेटिएको छ ।

पर्यटन ओइरिनुको कारण पेरिसमा रहेको आइफिल टावर, युरोपियन डिज्ने आइल्यान्ड र भर्साइल्सको दरबारजस्ता आकर्षक गन्तव्य हुन्, जहाँ सेल्फी खिच्ने रहर पुरा गर्न पनि पर्यटकहरू पुग्छन् ।

हरेक बुधबार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने सिलसिलामा यो शृङ्खलामा पर्यटक भित्र्याउन फ्रान्सले लिएको नीतिको चर्चा गरिएको छ ।

यसअघि गत बुधबार प्रसारित सातौँ शृङ्खलामा आइसल्यान्डमा न्यून अपराध हुने गरेकोबारे सामाग्री प्रस्तुत गरिएको थियो । त्यसअघि  छैटौँ शृङ्खलामा विश्वको समृद्धिशाली मुलुक जापानको प्रगति र यसको पासपोर्टले दुनियाँभर कमाएको प्रतिष्ठा सम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो ।

रामराज्यको पाँचौँ शृङ्खलामा स्विट्जरल्यान्डको विकास मोडल, चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्तिको फेहरिस्त, तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास सम्बन्धी सामाग्री प्रस्तुत गरिएको थियो ।

कार्यक्रम  ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिन्छ । त्यस क्रममा विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरिएको हो ।

१२ शृङ्खलासम्म प्रस्तुत हुने यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ देशको कथा समेटिने रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया