अब चलचित्रकर्मीको अन्तिम संस्कार बोर्डले गर्छ : दिनेश डिसी

काठमाडौँ । चलचित्रकर्मीको अन्तिम संस्कार अब निःशुल्क हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्रकर्मीको अन्तिम संस्कारका लागि निश्चित रकम बोर्डबाट सिधै आर्यघाटमा जाने र त्यसका लागि कसैले पत्रचार गर्नुपर्ने अवस्था समेत नबन्ने बताए ।
चलचित्र कलाकार संघको ३६ औँ वार्षिक उत्सवमा बोल्दै बोर्ड अध्यक्ष डिसीले चलचित्रकर्मीको निधनपछि अन्तिम संस्कारका लागि कलाकारहरूबाटै चन्दा उठाउने परिपाटीको अन्त्य गर्न आफूले यस्तो व्यवस्था गर्न लागेको बताए ।
‘हामी चलचित्रकर्मीलाई सबैभन्दा दुःख मृत्युको बेलामा हुन्छ । अस्ति कलाकार प्रकाश तिमिल्सेना भाइको बेलामा पनि भयो । त्यो बेला पनि म पुगेको थिए’, डिसीले भने ‘स्वदेशी चलचित्रकर्मीहरू आफैमा रजिस्टर हुनेछन् । सबैका डाटाहरू लिइनेछ । उनीहरूको मृत्यु भएको अवस्थामा पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि निश्चित रकम विकास बोर्डबाट सिधै जानेछ ।’ त्यसका लागि चलचित्रकर्मीको धर्म अनुसार रकम कहाँ जाने भने निर्धारण गरिने उनको भनाई थियो ।
डिसीले चलचित्र विकास बोर्डमा आएपछि आफ्नो पहिलो प्राथमिकता चलचित्र नीति निर्माण र लागु गर्नेमा रहेको जानकारी दिए । ‘देशमा ठुला–ठुला परिवर्तन भएका छन् । हामी अझै २०२६को ऐनमा चलिरहेका छौँ’, डिसीले अगाडि भने ‘जति सक्दो छिटो ऐन ल्याउँछु । हामी चलचित्रकर्मीको समस्या ऐनले सम्बोधन गर्छ ।’ चलचित्र क्षेत्रले आफूलाई गाँस, बास र कपास दिएकोले बोर्ड अध्यक्षको पदमा रहँदा यस क्षेत्रका लागि केही गरेरै छोड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग