कोटीहोम विवाद- छानबिन समितिले बुझायो प्रतिवेदन
_46jImtAIW0.jpg)
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विवाद’ बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको समितिले बुधवार काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।
समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य थिए । छानबिन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको अधिवक्ता सचितानन्द काफ्लेले रातोपाटीलाई बताए ।
कृष्णमुर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि विवाद भएको थियो । साउन ३२ मा पशुपतिमा कोटीहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमुर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन् ।
तर, उनका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू उनलाई गिरफ्तार गर्नबाट पछि हटेका थिए । आफूलाई ‘महाराज’ दाबी गर्ने भण्डारीले प्रहरी प्रधान कार्यालयबाट लिएको ‘पुलिस रिपोर्ट’ बारे सोधपुछ मात्र गर्न खोजेको प्रहरीको भनाई छ । उनले लिएको चारित्रिक प्रमाणपत्र र प्रहरीको सिआरएस सिस्टममा फरक रेकर्ड भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड