मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मेलबर्नमा युद्ध विरोधी प्रदर्शनमा झडपबिच दर्जनौँ पक्राउ

बुधबार, २६ भदौ २०८१, १६ : ५७
बुधबार, २६ भदौ २०८१

मेलबर्न । युद्ध विरोधी विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि अस्ट्रेलियाको मेलबर्नमा दर्जनौँ मानिस पक्राउ परेका छन् ।

 केही प्रदर्शनकारीहरूले सैनिक हार्डवेयरसम्बन्धी एक प्रदर्शनमाथि लक्षित गरेपछि त्यस्तो कदम चाल्न आफूहरू बाध्य बनेको प्रहरीले भनेको छ । प्रदर्शनकारीहरुले आफूहरूमाथि ढुंगामुढा गरेको, मान्छेको दिशा फ्याकेको र एसिड भरिएको बोतल हानेको प्रहरीको भनाइ छ ।

प्रहरीले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप उल्टै प्रदर्शनकारीहरूले लगाइरहेका छन् । प्रधानमन्त्री एन्टोनी अल्बानेजले यो हिंसाको निन्दा गरेका छन् । प्रदर्शन गर्ने अधिकार अस्ट्रेलियालीहरूलाई भएको तर यो काम शान्तिपूर्ण तरिकाले गर्नु पर्ने उनले बताएका छन् ।

उक्त प्रदर्शनीमा विश्वको ३१ देशका हजारभन्दा धेरै कम्पनीहरू सहभागी हुँदैछन् । प्रदर्शनी अघि विरोध हुने अनुमान प्रहरीले पहिले नै गरेको थियो । तर यो प्रदर्शनी सर्वसाधारणका लागि खुला छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप