टुंगियो कोशीको विजययात्रा, सजिलो जितसँगै पहिलो स्थानमा उक्लियो पुलिस
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताको अंक तालिकामा पहिलो स्थानमा उक्लिएको छ । पुलिस क्लबले बुधबार खेलिएको एकपक्षीय खेलमा कोशी प्रदेशलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।
पुलिस क्लब र कोशी प्रदेश दुवै टोलीले आफ्नो चौथो खेल खेलेका हुन् । यसअघि कोशी प्रदेशले लगातार तीन खेल जितेको थियो । पुलिस क्लबले भने यसअघि दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।
बुधबारको खेलपछि कोशी प्रदेशको विजयी यात्रामा पनि विराम लागेको छ । चार खेल खेलेको पुलिस अपराजित रहँदै १० अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको हो । कोशी प्रदेश तीन खेलमा जित र एक खेलमा हारको नतिजाबाट नौ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा झरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा पुलिस क्लबका लागि अनुष्का शेर्पा, सम्झना लावती, निर्मला उपाध्याय र अमृता जैसीले एक–एक गोलको योगदान गरे । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको महिला लिगमा १० टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा