फिल्म ‘ज्वाइँ साब’ को पहिलो गीतमा जितु र नीतिको रोमान्स

काठमाडौँ । आगामी असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ ।
गीतमा यादव लम्सालको शब्दमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहकाे नृत्य छ । गीत बिहेको परिवेशलाई समावेश गर्दै तयार गरिएको छ ।
दसैँको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा जितु र नीतिका अलवा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ ।
अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा सञ्जय थापाको एक्सन, श्याम तामाङको छायाङ्कन, सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्काे सहकार्यमा यो फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत