प्रथम चरणको बन्द प्रशिक्षणका लागि क्यानद्वारा २९ सदस्यीय महिला टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० वर्ल्डकप एसिया क्वालिफायरलाई ध्यानमा राखी प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २९ सदस्यीय टोलीको घोषणा गरेको छ ।
प्रथम चरणको १५ दिने बन्द प्रशिक्षण शिविर भदौ ३० गतेदेखि दाङको लमहीमा सुरु हुने क्यानले जनाएको छ । प्रथम चरणको बन्द प्रशिक्षणका लागि घोषित टोलीमा सोनी पाख्रिन, ऐली यादब, मनिषा उपाध्याय, करिश्मा गुरुङ र बिपिसा शाही रहेका छन् ।
यसैगरी, टोलीमा पूजा साउद, सना प्रविन, प्रतिमा साह, स्नेहा महरा, सावित्रा धामी, अनु कठायत, मनिषा बोहरा, करिश्मा थापा, रविना साउद, किरणकुमारी कुँवर, तिर्सना विक, रिया शर्मा र एलिसा कुमारी यादब पनि रहेका छन् ।
प्रथम चरणको बन्द प्रशिक्षणका लागि घोषित टोलीमा टोलीमा भवानी कामती, आरती महतो, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, निरु जीटी, आश्मा मगर, सरिना थापा, ज्योत्सनिका मरासिनी, रचना चौधरी र सुस्मिता भुसालले पनि स्थान पाएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?