डीडीसीलाई ६० करोड रुपैयाँ ऋण दिने फाइल मन्त्रालयमा अड्कियो
बुधबार, २६ भदौ २०८१, १५ : २०
_1sbFRF411H.jpg)
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरिएको फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अड्किएको छ । भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले किसानको रकम भुक्तानी गर्नका लागि संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो ।
निर्णय गरिएको उक्त फाइल कृषि मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाउनु पर्ने छ । तर हालसम्म नपठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
संस्थानले किसानलाई करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसका लागि सरकारले ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो । यो रकमसँगै डीडीसीले आफ्नो आन्तरिक रकमबाट किसानको रकम भुक्तानी गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते