गठ्ठाघर दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान
बुधबार, २६ भदौ २०८१, १५ : १६
1_mxvoSveTZJ.jpg)
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको मृत्यु हुनेगरी भएको दुर्घटनामा पक्राउ परेका चालक जेल चलान भएका छन् । साउन ३१ मा भएको दुर्घटनामा परेर ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान गुमाएका थिए ।
ना६ख २१७३ नम्बरको ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए ।
बा४९प ८९४४ नम्बरको स्कुटरलाई श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको थियो । गठ्ठाघर दुर्घटना ‘भवितव्य’ भएको प्रारम्भिक छानबिन निष्कर्ष छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले घटनाबारे छानबिन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार