माओवादीले भन्यो– संविधानको खिलाफ जनयुद्धलाई होच्याउने सभामुखको रुलिङ स्वीकार्य छैन

काठमाडौँ । सभामुख देवराज घिमिरेले माओवादी जनयुद्धलाई हिंसा भनी सदनमा स्थापित गर्ने गरी भएको रुलिङ मान्य र स्वीकार्य नभएको बताएको छ ।
बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते सांसद योगेश भट्टराईले बोल्दा प्रयोग गरेको हिंसा शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेका थिए ।
रुलिङमा आपत्ति जनाउँदै प्रमुख सचेतक हितराज पाण्डेले भने‚ ‘यो सदनमा जसरी जनयुद्धलाई होच्याउने गरेर जसरी विषय वस्तु आयो त्यही दिनदेखि भनेका छौँ । सत्ता पक्षबाट अपभ्रंश गरियो । जनयुद्ध जसरी यहाँ सम्म आयो संविधान बनायौँ संविधानमा व्याख्या र टिप्पणी आयो।’
उनले थपे‚ ‘अहिले भएको रुलिङ संविधान र कानुन विपरीत छ । स्वीकार्य छैन । संविधान बाहिर लैजान हुँदैन । यो संविधान कानुन नियम पालन गर्नुपर्ने हो । त्यसकारण सचिवालयले जुन व्याख्या दियो त्यो संविधान अनुकूल छैन हामीलाई मान्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने