प्रतिनिधिसभा बैठक
माओवादी सांसद पौडेलको प्रश्न : शान्ति प्रक्रियालाई बिथोल्न खोजेको हो ?
बुधबार, २६ भदौ २०८१, १४ : २१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विगत बल्झाएर शान्ति प्रक्रियालाई बिथोल्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्दलाई नहटाउने रुलिङ गरेपछि बोल्दै उनले कुन धारा र दफामा टेकेर हिंसा शब्दलाई रेकर्डमा राखेको भन्दै सभामुखलाई प्रश्न गरे ।
उनले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान बनेको र त्यो कार्यान्वयनमा रहेको र कुनै पनि दस्ताबेजमा जनयुद्धलाई हिंसात्मक नभनेको उल्लेख गरे ।
‘संविधानको कुन धारा उपधारामा उल्लेख गरिएको छ । हामी बहस गर्न तयार छौँ, संविधान विपरीत जाने छुट कसैलाई पनि छैन । सेना समायोजन भयो टीआरसी अघि बढ्यो हतियार व्यवस्थापन भयो‚’ उनले भने‚ ‘यो शब्द सच्याइयोस् । शान्ति प्रक्रियालाई बिथोल्ने प्रयास नहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत
-
स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?