उपसभामुखबारे रास्वपा : ‘पर्ख र हेर’को रणनीतिमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपबारे ‘पर्ख र हेर’को नीति लिने भएको छ । बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले उपसभामुखमाथि आरोप लगाएर अहिले हटाउने प्रयास गरिएको भन्दै १८/१९ महिनासम्म उपसभामुखले लेखेको पत्र लुकाउनु र अहिले निकाल्नुले दलहरूको नियतमा प्रश्न उठेको जनाएको छ ।
‘१८/१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । त्यो अन्तर्वाताको लागि अनुरोध पत्र थियो’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकपछि भने, ‘तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? आज आएर गलत भएको हो र ? छानबिन गर्न सकिन्छ । उहाँलाई स्पष्टीकरण दिने मौका दिनुपर्छ ।’
उनले यसबारे छलफल मात्रै भएको भन्दै सत्तापक्षले लिने निर्णयका आधारमा अघि बढ्ने बताए । ‘उहाँहरूले कस्तो कदम लिनुहुन्छ त्यसअनुसार छलफल गर्ने र पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रूपमा हामी तयार छौँ’, झाले भने, ‘आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्ने कुरामा पूर्ण तयारी र सरोकार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत
-
जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र गर्मी ल्यायो : राष्ट्रसङ्घ