उपसभामुखको पद दुरुपयोग भएको हो : सांसद गौतम
बुधबार, २६ भदौ २०८१, १३ : ३९
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले इन्दिरा रानामाथि प्रश्न नउठी उपसभामुख पदमा प्रश्न उठेको बताएकी छन् । उनले पदीय जिम्मेवारी र मर्यादामा भुलेर करुणा र महिलाको कुरा उठ्नु राम्रो विषय नभएको बताइन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान र कानुनको विषय तथा पदीय दायित्वको विषय उठेको बताइन् । ‘असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध हो‚’ उनले भनिन् ।
सांसद गौतमले थपिन्‚ ‘मेरो उपसभामुखलाई मार्ग प्रशस्त गर्नुहोस् अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?