बलिउड अभिनेत्री मलाइकाको पिताद्वारा आत्महत्या
बुधबार, २६ भदौ २०८१, १३ : २८
नयाँदिल्ली । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोराका पिताको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् ।
यस घटनापछि अरोराका पूर्व पति तथा अभिनेता अरबाज खान उनको माइती पुगेका छन् । न्युज एजेन्सी एएनआईका अनुसार अभिनेत्रीको पिताले छतबाट हाम फालेर ज्यान लिएका हुन् । अनिलले बान्द्रापस्थित आफ्नो घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।
यो घटना बुधवार बिहान करिब ९ बजेतिर भएको हो । घटनाको समयमा अभिनेत्री पुणेमा थिइन् । खबर सुनेलगत्तै उनी मुम्बई निक्लिएको बताइएको छ । अभिनेत्रीको पिताको शवलाई बाबा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला