सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सेप्टेम्बर ११ : अमेरिकाको कालो दिन

ट्विन टावर आक्रमण : अमेरिकालाई विश्वभर युद्ध फैलाउने बहाना बन्यो

बुधबार, २६ भदौ २०८१, १२ : ३०
बुधबार, २६ भदौ २०८१

२१औँ शताब्दीको पहिलो दुई दशक विश्व राजनीतिका प्रमुख घटनाको सूची बनाउने हो भने हामी अमेरिकाले ‘आतंकवाद विरोधी युद्ध’को नाममा सुरु गरेको विभिन्न मुलुकमाथिको सैन्य हस्तक्षेपसम्म पुग्छौँ । चाहे त्यो अफगानिस्तानमा भएको आक्रमण होस् वा इराकमा गरिएको आक्रमण नै किन नहोस् । 

यसैको सह–उत्पादनका रूपमा पश्चिम एसिया, उत्तरी अफ्रिकामा हुर्किएका उग्रवादी संगठनहरू, लाखौँ नागरिकको हत्या, ठुलो संख्यामा बसाइँसराइ लगायत घटना यसैसँग जोडिन्छन् । इस्लामलाई खलनायकीकरण गर्ने तथा अमेरिका विरोधी शासकलाई विभिन्न बहानामा सत्ताच्युत गर्ने घटना पनि यसैसँग जोडिन आइपुग्छन् । 

यी सबैलाई जोड्ने मुख्य सेतु २०११  सेप्टेम्बर ११ का दिन अमेरिकामा भएको हमला हो । जसका कारण र प्रभावको लेखाजोखामा २१औँ शताब्दीको पहिलो र दोस्रो दशकमा संसारभर भएका घटनालाई मुख्य रूपमा लिन सकिन्छ । 

जापानले २३ फेब्रुअरी १९४२ अर्थात् दोस्रो विश्वयुद्धका क्रममा क्यालिफोर्निया नजिक रहेको समुद्री किनारा बारबरामा हमला गरेपश्चात् २०११ सेप्टेम्बर ११ सम्म अमेरिकामा कसैले प्रत्यक्ष हमला गर्न सकेको थिएन । 

त्यो पनि सामान्य आक्रमण नभएर अमेरिकी रक्षा मन्त्रालय, अमेरिकाको प्रमुख व्यापारिक केन्द्र ट्विन टावरजस्ता प्रमुख स्थानमा गरिएको त्यो आक्रमणले अमेरिकासँगै सिङ्गो विश्वलाई नै स्तब्ध बनाइदियो ।

२६ डिसेम्बर १९९१ मा सोभियत गणराज्यहरू टुक्रिएर विश्व महाशक्ति सोभियत संघको विघटन भएपछि चुनौतीविहीन बनेको अमेरिकाको मुटुमा दिउँसै भएको आक्रमणले धेरै ठुलो अर्थ राख्थ्यो र राख्यो पनि ।


अपहरित विमान कहाँ गएर ठोक्किने हो भन्ने अनुमानले चौतर्फी भयको वातावरण थियो । यो खबर जहाजमा सवार यात्रुबिच पनि पुग्यो । आफू चढेको विमान पनि अपहरित भएको उनीहरूले विमानभित्रै थाहा पाए । अन्य तीन विमानजस्तै यसलाई पनि अमेरिकाको संवेदनशील स्थानमा लगेर ठोक्काउने सोच अपहरणकारीको थियो । 


  • सेप्टेम्बर ११ को बिहान

बिहान ७ बजेर ५९ मिनेटमा बोस्टन एअरपोर्टबाट ८१ जना यात्रु र ११ जना चालक दलका सदस्यसहित लस एन्जलसतर्फ उडेको विमान विमानस्थलबाट टेकओभर गरेको १५ मिनेटपछि जेहादी लडाकुहरूको कब्जामा पुग्यो । पाँचजना अपहरणकारीको नेतृत्व गरेका ३१ वर्षीया मोहम्मद अत्ता हवाइजहाज चलाउन तालिम प्राप्त थिए । विमान कब्जामा लिएपछि उनीहरूले नै विमान चलाउन थाले ।  

लस एन्जल्सतर्फ जानुको सट्टा अमेरिकी एअरलाइन्स फ्लाइट नम्बर ११ रहेको बोइङ ७६७  विमानलाई अपहरणकारीले न्युयोर्कतर्फ नै फर्काए । र, अमेरिकी समय अनुसार बिहानको ८ बजेर ४६ मिनेट जाँदा विश्व व्यापार केन्द्रका ११० तलाका दुई गगनचुम्बी भवनको उत्तरी भवनमा लगेर ठोकिदिए । 

लगत्तै संसारभर हंगामा सुरु भयो । अमेरिकाको आन्तरिक तथा बाह्य सुरक्षा हेर्ने सबै सुरक्षा निकायका अधिकारी र विश्लेषकहरू घटनालाई सही ढंगले ठम्याउन सकिरहेका थिएनन् । उनीहरू यो हमला हो वा अन्जानवश दुर्घटना भएको हो भन्नेबारे अन्योल थिए । 

उनीहरूको अन्योलबिच ट्विन टावरको दक्षिणतर्फ रहेको अर्को भवनमा ९ बजेर ३ मिनेटमा अर्को विमान ठोक्कियो । बोस्टन एअरपोर्टबाटै १५ मिनेटपछि लस एन्जल्स नै जान उडेको युनाइटेड एअरलाइन्स फ्लाइट नम्बर १७५ को अर्को बोइङ जहाज त्यसैमा यात्रारत मार्वान अल–सेहीले अगुवाइ गरेको पाँच जनाद्वारा अपहरणमा परेको थियो । 

september-11-pentagon-design-gettyimages-1328633

जहाज अपहरण र आक्रमणको सिलसिला त्यहीँ रोकिएन वासिङ्टनबाट लस एन्जल्स जान उडेको अर्को विमान त्यसैगरी विमानमा सवार अपहरणकारीले कब्जामा लिए र त्यही दिन बिहानको ९ बजेर ३७ मिनेटमा अमेरिकाको रक्षा मन्त्रालय रहेको पेन्टागनमा लगेर ठोक्काइदिए ।

न्युजर्सीबाट सनफ्रान्सिस्कोतर्फ उडेको अर्को विमान अपहरणमा परिसकेको थियो र यो खबर पूरा संसारभरि आगोसरि फैलिसकेको थियो । अमेरिकीसँगै विश्वभरका मानिस आ–आफ्नो टीभी स्क्रिनमा ट्विन टावर जलिरहेको र त्यहाँबाट बाँच्ने आशमा मानिस हामफाली रहेको लाइभ हेरिरहेका थिए । 

अपहरित विमान कहाँ गएर ठोक्किने हो भन्ने अनुमानले चौतर्फी भयको वातावरण थियो । यो खबर जहाजमा सवार यात्रुबिच पनि पुग्यो । आफू चढेको विमान पनि अपहरित भएको उनीहरूले विमानभित्रै थाहा पाए । अन्य तीन विमानजस्तै यसलाई पनि अमेरिकाको संवेदनशील स्थानमा लगेर ठोक्काउने सोच अपहरणकारीको थियो । 

विमानको ब्ल्याक बक्समा भेटिएको रेकर्ड अनुसार यात्रुले अपहरणकारीसँग विमानभित्रै प्रतिवाद गरेकै कारण त्यो विमान पेनसिल्भानियाको कुनै मैदानमा जबर्जस्ती अवतरणका क्रममा दुर्घटनाग्रस्त भयो । पेनसिल्भानियाको मैदानमा दुर्घटनाग्रस्त जहाजलाई सम्भवतः अमेरिकी राष्ट्रपति कार्यालय रहेको ह्वाइट हाउस वा अमेरिकी संसद् भवन क्यापिटल हिलमा ठोक्काउने आक्रमणकारीको योजना थियो । 

विमान आक्रमणका कारण आगोको मुस्लोमा जलिरहेका विश्व व्यापार केन्द्रका ११० तलाका दुवै भवन सारा विश्वले हेर्दाहेर्दै गल्र्यामगुर्लुम ढले । त्यसबाट निस्केको धुलो र धुवाँले पूरै म्यानह्याटन नै छोपेजस्तै भयो । 

MJOGNUY43VBD7GXVJOWHCH3ICA

ती दुई भवन तथा वरपरका गरेर झन्डै २६६ जना भन्दा बढीको त्यसमा ज्यान गयो । मृत्यु हुनेमा तीन सय ४३ अग्नि नियन्त्रक, ६० प्रहरीहरू र ८ स्वास्थ्यकर्मी थिए । उता अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा भएको आक्रमणमा एक सय २५ जनाको ज्यान गयो । 

समग्रमा हवाई जहाजमा रहेका यात्रु तथा मारिएका सबैको संख्या दुई हजार नौ सय ७७ पुग्यो । यसमा अपहरणकारी १९ जनालाई जोडिएको छैन । यसरी सेप्टेम्बर ११ को मध्य दिनसम्म आइपुग्दा महत्त्वपूर्ण अमेरिकी अड्डाहरूमा भएको आक्रमणले संसारलाई नै स्तब्ध बनाइदियो । 

  • अमेरिकामा आक्रमण

विश्व व्यापार केन्द्रमा हमला हुँदा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस फ्लोरिडाको प्राथमिक विद्यालयमा एउटा कार्यक्रममा साना बालबालिकासँग पढ्ने–पढाउने कार्यक्रममा अन्तक्र्रिया गर्दै थिए । जब दोस्रो टावरमा आक्रमण भयो, त्यसलगत्तै ह्वाइट हाउसका प्रमुख कर्मचारीले बुसलाई कार्यक्रमकै बिचमा कानेखुसी गर्दै भने, ‘अर्को टावरमा पनि जहाज ठोक्कियो । अमेरिकामाथि आक्रमण भयो  ।’

jb

राष्ट्रपति बुस केहीबेर बालबालिका माझ नै रहे । र, त्यसपछि त्यहाँबाट निस्केर सुरक्षा निकायका अधिकारीसँगको आपतकालीन बैठकमा सहभागी भए । 

प्रारम्भमा यो आक्रमण कसले र किन गरेको हो भन्ने चौतर्फी अन्योल नै थियो । विविध अनुमानबिच अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका रक्षामन्त्री तथा पूर्वसीआईए प्रमुख रोबर्ट गेट्सले यसमा अल–कायदा र त्यसका प्रमुख ओसामा बिन लादेनको संलग्नता रहेको बताए । 

विभिन्न गुप्तचर निकायको विश्लेषण, अपहरणमा संलग्न व्यक्तिको पृष्ठभूमि तथा अन्य सूचनाका आधारमा उनले यो निष्कर्ष निकालेका थिए । 

अफ्रिकी मुलुकमा भएका अमेरिकी दूतावासमा सन् १९९८ मा भएको बम विस्फोट र युएसएस कोलमा सन् २००० मा भएको हमलालाई जोडेर अमेरिकाले अल कायदा र यसका प्रमुख नेता ओसामा बिन लादेनलाई पहिले नै आतंककारीको सूचीमा राखेको थियो । तर, स्वयं लादेनले २००१ सेप्टेम्बर १६ मा विज्ञप्ति निकाल्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । 

AP_osama_bin_laden_afghanistan_2_jef_141209_16x9_992

उनले भने, ‘अमेरिकी सरकार आफूमाथि हुने प्रत्येक आक्रमणको दोष ममाथि थोपर्ने गर्छ । तर, म विश्वलाई आश्वस्त पार्न चाहन्छु, त्यो हमला गर्ने योजना मैले बनाएको होइन ।’ यद्यपि अमेरिकाले एकतर्फी रूपमा अल कायदालाई दोषी करार गर्दै लादेन र उसको संगठनलाई प्रधान निसाना बनाउनतर्फ लाग्यो ।

लादेन अफगानिस्तानमा लुकेर बसेका छन् भन्ने अमेरिकी सूचनाका आधारमा अमेरिका सरकारले अफगानिस्तानको तालिवान सरकारलाई  सेप्टेम्बर २० मा तत्काल लादेन हस्तान्तरण गर्नुपर्ने, आतंकवादी तालिम केन्द्र बन्द गर्नुपर्ने र अफगानिस्तानका प्रमुख अखडामा अमेरिकालाई प्रवेश दिनुपर्ने अल्टिमेटम दियो । 

उक्त अल्टिमेटमलाई तालिवान सरकारका प्रमुख मुल्लाह मोहम्मद ओमरले इस्लाम सिद्धान्त अनुसार शरणमा रहेको व्यक्तिलाई प्रमाणबेगर सपुर्दगी गर्न नमिल्ने भन्दै अमेरिकी सरकारसँग लादेन दोषी भएको प्रमाण उपलब्ध गराउन माग गरे । बरु यसको बदलामा कुनै प्रकारको कानुनी कारबाहीमा लादेनलाई उभ्याउने र अनुसन्धान गर्ने बतायो ।

यसलाई अमेरिकाले आफ्नो अपमानको अर्थमा लिँदै अक्टोबर ७ देखि अफगानिस्तान र तालिवान विरुद्ध बमबारी सुरु गरिदियो । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरू सम्झौताको धारा ५ लाई उल्लेख गर्दै अमेरिकाद्वारा गरिएको आक्रमणको पक्षमा उभिए । 

डिसेम्बरसम्म आइपुग्दा अफगानिस्तानमा तालिबान सरकार ढल्यो । र, अमेरिकाले त्यहाँ आफू अनुकूलको सरकार स्थापित गरिदियो । ‘आतंकवाद विरुद्धको युद्ध’मा ओसामा बिन लादेनलाई पक्राउ गर्ने तथा अफगानिस्तानमा लोकतन्त्र ल्याउनका लागि हमला गरेको भनिए पनि २० वर्षसम्मको सैन्य हस्तक्षेप अन्त्य गर्दै ३० अगस्ट २०२१ मा अमेरिका अफगानिस्तानबाट बाहिरियो । 

यसलाई धेरै मानिसले सन् ६० को दशकमा भियतनाममा सैन्य हस्तक्षेप गरेर भाग्नुपरेको स्थितिसँग दाँजेर हेरे । यसअघि नै २०११  मे २ मा अमेरिकी सेनाको विशेष टुकडीले पाकिस्तानको एबोटाबादमा ओसामा बिन लादेनको हत्या गरिसकेको थियो ।  

  • ‘वार अन टेरर’ र अफगानिस्तान

वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको हमलामा मारिएका मानिस यो उपक्रमका सुरुवात मात्र थिए । अब अमेरिका घाइते बाघजस्तै विश्वभर जाइलाग्न थाल्यो । तत्कालीन अमेरिकी राष्ट्रपति बुसले आफूसँग नउभिनेहरू आतंवादसँग उभिएको मानिने बताए । 

या त तपाईं अमेरिकाको पक्षमा उभिनुभएको छ या आतंकवादसँग । तेस्रो कुनै पक्ष नै बाँकी राखेनन् बुसले । यसको पहिलो सिकार अफगानिस्तान भयो । ‘अपरेसन इन्ड्युरिङ फ्रिडम’ नाम दिइएको अमरिकी सैन्य हस्तक्षेपको परियोजनाले अफगानिस्तानमा ठुलो उथलपुथल ल्यायो । 

U.S._Army_firefight_in_Kunar

तालिवान सरकारलाई अपदस्थ गरेर प्रजातन्त्रका नाममा हमिद कारजाई नेतृत्वको सरकार गठन भयो । अफगानिस्तानका कुना–कुनामा, गल्ली–गल्लीमा, देहात हुँदै सहरसम्म अमेरिकी बारुदको गन्ध विश्वले थाहा पाउने गरी अमेरिकाले हवाई हमला गर्‍यो । अन्ततः अफगानिस्तान विनाशको बाटोमा गयो । 

पटक–पटकका सरकार परिवर्तन, राजनीतिक अस्थिरता, भयानक युद्धबाट गुज्रँदै सन् २०२१ सम्म आइपुग्दा अफगानिस्तानमा तालिवानले पुनः नियन्त्रण हासिल गर्‍यो । फोब्र्सका अनुसार २०२१ अगस्ट १६ सम्म अमेरिकाले अफगानिस्तानमा युद्धका लागि प्रत्येक दिन ३० करोड अमेरिकी डलर खर्च गर्‍यो । 

अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा गरेको खर्च जोड्ने हो भने प्रत्येक अफगानी नागरिकलाई ५० हजार दिन मिल्ने थियो, तर अमेरिकाको खर्च मानव विकासका लागि नभई युद्धका लागि थियो । 

अमेरिकाको ब्राउन विश्वविद्यालयको वाट्सन परियोजना अन्तर्गत ‘कस्ट अफ वार प्रोजेक्ट’का हिसाबमा अमेरिकाले अफगानिस्तानमा दुई हजार २६१ अर्ब डलर खर्च गर्‍यो । यो अवधिमा अफगानिस्तान र पाकिस्तानमा दुई लाख ४१ हजार नागरिकको हत्या गरियो । ‘वार अन टेरर’ शीर्षकको युद्धमा ४५ लाख भन्दा धेरै मानिसको हत्या गरियो । 

  • अफगानिस्तानका पहाडदेखि विश्वभर फैलिएको युद्ध

अमेरिकाको शान्ति सुरक्षालाई मजबुत बनाउन तथा युद्धलाई प्रभावकारी बनाउन विभिन्न प्रयोग भए । यिनैमध्ये एक थियो, अमेरिकी ‘प्याट्रिअट एक्ट’ जसले अमेरिकी राज्य यन्त्रलाई शक्तिशाली बनाउँदै ‘शंकास्पद’ भनिएका आमनागरिकमाथि राज्यले जासुसी गर्न सक्ने, उनीहरूको सूचना लिन सक्ने तथा जोसुकैलाई केरकार गर्न सक्ने प्रावधान ल्याइयो । 

अमेरिकामा मात्रै नभएर सिङ्गो पश्चिमी समाजमा इस्लाम र अरबमूलका मानिसको खलनायकीकरण गरियो । परिणाम के देखिन थाल्यो भने विद्यालयमा साथी–साथीबिच पनि मुस्लिमप्रति असहिष्णुताले स्थान ओगट्न थाल्यो । अमेरिकी सत्ताले रोपेको ‘इस्लामोफोबिया’को बिउले सिङ्गो संसारलाई नै दूषित बनाइदियो । 

1920px-Soldiers_of_Somme_Company,_1st_Lancs_Board_a_Chinook_in_Afghanistan_During_Op_Tor_Shezada_MOD_45151695

यसका लागि अमेरिकाले २२ वटा विभाग समायोजन गरेर ‘आन्तरिक सुरक्षा विभाग’ भनिने गृह मन्त्रालयको सुरुवात गर्‍यो । जसले आन्तरिक सुरक्षाका विभिन्न उपायका नाममा राज्यले आशंका गरेका मानिसलाई व्यापक धरपकड गर्‍यो । 

यसै शृङ्खलामा बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकी विमानस्थलामा मुस्लिम भएकै आधारमा अपमानित गरियो । करोडौँ मुस्लिमलाई गरिएको अपमानबिच यो केवल एउटा घटना थियो, अमेरिकीका लागि । 

यिनै प्रावधान प्रयोग गर्दै अमेरिकाले क्युबाको भू–भागमा रहेको ग्वान्तानामो खाडीमा चरम यातना गृह सञ्चालन गर्‍यो, जसलाई विश्वभरका मानव अधिकारवादीले मानव अधिकारको हननका रूपमा आजपर्यन्त आलोचना गरिरहेका छन् । 

नक्कली जोगीले धेरै खरानी घस्छ भनेजस्तै विश्वभरिका मानिसको हत्या गर्ने अमेरिकी सरकारले प्रजातन्त्रको वकालत पनि धेरै गरिरहेको हुन्छ । 

  • झुट र इराक युद्ध

अमेरिकी युद्धको छाया अफगानिस्तान र पाकिस्तानमा मात्रै सीमित रहेन । यो युद्ध पश्चिम एसियाको इराकसम्म पुग्यो । इराकमा आम विनाशकारी हतियार रहेको, उसले आतंकवादलाई सहयोग गरेको तथा गुप्त रूपमा आणविक हतियार निर्माण गरेको आरोपमा अमेरिका र उसको नेतृत्वमा रहेको नाटोले २००३  मार्च २० मा इराकमा हमला गरेर सद्दाम हुसेनलाई पदच्युत गर्‍यो । र, अन्ततः सद्दामलाई फाँसी दिए । 

soldiers-Iraqi-civilians

अमेरिकाले जे कारण देखाउँदै इराकमा हमला गरेको थियो, ती सबै कारण झुटमा आधारित थिए । विश्वभरका सम्मानित पत्रिकाले अमेरिकाले निर्माण गरेको त्यही झुटो प्रोपगान्डालाई फैलाए र इराकमा युद्ध गर्न हौस्याए । तर, आजपर्यन्त कसैले माफी समेत मागेका छैनन् । 

सन् २००३ मा संयुक्त राष्ट्र संघमा इराक हमलालाई जायज ठहराउन आम विनाशकारी हतियारको दलिल पेस गरेका तत्कालीन विदेशमन्त्री कोलिन पावेलले सन् २०११ मा अलजजिरासँगको साक्षात्कारमा भने, ‘मलाई त्यहाँ हुने विफलताबारे थाहा थियो । किनभने मलाई पछि मात्र थाहा भयो, आमविनाशकारी हतियार भएको भन्ने सीआईएको प्रतिवेदन नै गलत रहेछ । त्यसैले मलाई यो विषयमा पश्चाताप छ, तर सबै होइन केही सूचना गल्ती रहेछन् । जसले गर्दा मेरो छवि कलंकित भयो ।’

  • के सीआईए आफैँ संलग्न थियो ?

२००१ सेप्टेम्बर ११ मा अमेरिकी ट्विन टावरमा भएको आक्रमणबारे विभिन्न षड्यन्त्रका सिद्धान्त प्रचलित छन् । जसमा यो घटनालाई शक्तिशाली अमेरिकी डिप स्टेटले आफूलाई थप बलियो बनाउन, नागरिकमाथिको आफ्नो नियन्त्रण मजबुत पार्न र आफ्नो युद्ध एजेन्डा लागु गराउन अमेरिकामाथि हुन लागेको हमलालाई हुन दिइएको चर्चा गर्ने गरिन्छ ।  

यी सिद्धान्तले विशेषगरी अमेरिकी सरकार, सीआईए वा सम्बन्धित अन्य सरकारी निकायको संलग्नता भएको दाबी गर्ने गर्छ । ‘इनसाइड जबु भनिने प्रमुख षड्यन्त्रको सिद्धान्त अनुसार अमेरिकी सरकारले जानाजान आक्रमणलाई हुन दिएको वा आफैँले नै योजनाबद्ध गरेको भनिन्छ । 

103574682

यो सिद्धान्तले के भन्छ भने, अमेरिकी सरकारलाई मध्यपूर्वमा युद्ध गरेर त्यहाँको प्राकृतिक संसाधनमाथि कब्जा गर्नु थियो, त्यसैका लागि आफ्नै नागरिकको बलि दिएर युद्ध मच्चाइयो । अन्ततः इराकको पेट्रोलियम खानी र सुनमा आफ्नो नियन्त्रण कामय भयो । 

त्यस्तै, केहीले ट्विन टावरको विध्वंशलाई नियन्त्रित रूपमा गराइएको विस्फोटको परिणाम पनि भनेका छन् । यस अनुसार विमानको आक्रमणले नभएर योजनाबद्ध विस्फोटनले टावर भत्किएको अनुमान गर्ने गरिन्छ । अझ अर्को चर्चित सिद्धान्त अनुसार त यी टावर विमानमा ठोक्किनुअघि नै ढलेको तथा उपलब्ध भिडियो दृश्यहरू कम्प्युटरबाट तयार गरिएका हुन् भन्ने गरिन्छ । 

यस्ता षड्यन्त्रका सिद्धान्तले आफ्नो प्रमाणको रूपमा आक्रमणको खबर सुन्नासाथ राष्ट्रपति बुसले गरेको सामान्य प्रतिक्रिया, आक्रमणबारे कसैले प्रस्ट जिम्मा नलिएको, थप प्रमाण केही नभेटिएको जस्ता तर्क दिने गर्छन् । 

यद्यपि यी सबै अनुमानलाई अनुसन्धान प्रतिवेदनले असत्य ठहराउँदै आएका छन् । धेरै प्रकारका प्रमाण प्रस्तुत गर्दै अमेरिकाको ट्विन टावरमा अलकायदाको संलग्नता रहेको पुष्टि गरिएको छ । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप