सरकारले आज १० अर्ब आन्तरिक ऋण उठाउँदै
बुधबार, २६ भदौ २०८१, १२ : २४

काठमाडौँ । सरकारले विकास ऋणपत्र २०८४ मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ३ वर्षे अवधिको ऋणपत्र बोलकबोलमार्फत उठाउन लागेको हो ।
विकास ऋणपत्रका लागि आज अपराह्न ३ बजेसम्म आवेदनको समय तोकिएको छ । भोलि, बिहीबार बोलकबोलमार्फत निष्कासन हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यसमा आवेदन दिन सक्नेछन् । कम्तीमा ५ लाखको ऋणपत्र खरिद गर्न सकिने कार्यालयले जनाएको छ ।
उक्त ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइने छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रको २०८४ भदौ २६ गते साँवा भुक्तानी हुनेछ । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
-
‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?
-
दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’
-
प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?
-
साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी