एभरेष्ट महिला भलिबल लिग : भारतीय खेलाडी सूर्या चितवन शक्तिमा आबद्ध

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोलीमध्येको एक चितवन शक्तिले भारतीय खेलाडी सूर्यालाई अनुबन्ध गरेको छ । उनी भारतीय राष्ट्रिय टोलीकी मिडल ब्लकर हुन् ।
चितवनले आफ्नो टोलीमा आबद्ध गरेको सूर्या दोस्रो विदेशी खेलाडी हुन् । चितवनले यसअघि पहिलो विदेशी खेलाडीका रुपमा अजरबैजानकी केन्सिया पावेल्निकोलाई क्लबमा आबद्ध गरेको थियो ।
भारतीय खेलाडी सूर्या नेपाली भलिबलका लागि परिचित अनुहार हुन् । उनले यसअघि पनि नेपाली भलिबल लिगमा खेलिसकेकी छन् । उनी २०८१ सालमा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकर घोषित भएकी थिइन् ।
सूर्या २०८० सालमा भएको एनभीए लिगमा पनि उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन् । चितवनले सूर्याजस्तो प्रभावशाली खेलाडीलाई भित्राउन पाउँदा उत्साही भएको जनाएको छ । चितवन शक्तिमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते