फोटोफिचर
इन्द्रजात्राका लागि नगर प्रवेश गराइयो लिङ्गो (तस्बिरहरू)
बुधबार, २६ भदौ २०८१, १२ : १०
काठमाडौँ । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । यही भदौ २० गते बुधबार बिहान १०ः ४८मा वनयात्रा गरी बेलुकी ८ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो ।
लिङ्गोलाई भदौ ३० गते बिहान ८ः२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ । इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ ।
यसैगरी कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। त्यसपछि नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री