मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सेबी प्रमुख माधवी पुरी बुचमाथि लगाइएको पछिल्लो आरोपबारे के भन्छ हिन्डनबर्ग रिसर्च ?

बुधबार, २६ भदौ २०८१, ११ : ५६
बुधबार, २६ भदौ २०८१

नयाँ दिल्ली । अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले आफूले लगाएका आरोपबारे भारतीय शेयर नियामक सेबी प्रमुख माधवी पुरी बुचको मौनतामाथि प्रश्न उठाएको छ । ‘जति पनि प्रश्नहरू उठेका छन् ती सबैप्रपत हप्तौँसम्म मौन छिन् ।’ 

कम्पनीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ । हिन्डनबर्गका अनुसार सेबी अध्यक्ष माधवी बुचको निजी परामर्श फर्ममा ९९ प्रतिशत हिस्सेदारी रहेको नयाँ आरोपहरू सार्वजनिक भएका छन् । बुच सेबीको पूर्णकालिक सदस्य हुँदा फर्मले सेबीमा सूचीकृत धेरै कम्पनीहरूबाट भुक्तानी प्राप्त गरेको थियो ।

यी कम्पनीहरूमा महिन्द्रा एण्ड महिन्द्रा, आईसीआईसीआई बैंक, डा. रेड्डीज र पिडिलाइट आदि समावेश रहेको बताइएको छ । यी आरोप बुचको भारतीय परामर्शदाता कम्पनीविरुद्ध हुन् । बुचको सिंगापुरस्थित परामर्शदाता कम्पनीको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताइएको छ । यी आरोपहरूमाथि बुच हप्तादेखि मौन छिन् । तर महिन्द्रा समूहले यी सबै आरोपलाई झुटा र भ्रामक प्रकृतिको मानेको भनेर भनेको छ ।

सेबी प्रमुखमाथि के के छन् आरोप ?

बुचले प्रवर्द्धन गरेको कन्सल्टेन्सी फर्मले तीन करोड रुपैयाँ कमाएको र यो कमाइ सबैभन्दा बढी महिन्द्रा एण्ड महिन्द्राबाट आएको भन्दै कांग्रेसले नयाँ आरोप लगाएको छ । पार्टीका अनुसार, बुच सेबीको पूर्णकालीन सदस्य हुँदा, उनले अगोरा एडभाइजरी प्राइभेट लिमिटेड कन्सल्टेन्सीमा ९९ प्रतिशत शेयर राखेकी थिइन् ।

यसले अहिलेसम्म पनि सक्रिय रूपमा सल्लाहकार र परामर्श सेवाहरू प्रदान गर्दै आएको बताइएको छ । यो जानाजानी जानकारी न दिने मामिला मात्रै नभएर जानेर बुझेर झुट बोलेको भएको मंगलबार कांग्रेस प्रवक्ता पवन खेडाले भनेका थिए । यो स्वार्थको द्वन्द्व मात्र नभएको उनको जिकिर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप