कांग्रेस बैठक
धनराजबारे कांग्रेस : डिभोर्स पनि कहीँ नक्कली हुन्छ ?
बुधबार, २६ भदौ २०८१, ११ : ५२

काठमाडाैँ । नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको भनेर संसदमा उठाइएको प्रश्नको औचित्य नभएको जनाएको छ ।
बुधबार बसेको पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘उहाँमाथि सहकारीको रकमबारे उठेको विषयमा उहाँले जवाफ दिनुहोला तर जुन ढङ्गले संसदमा श्रीमतीसँग नक्कली डिभोर्स भनेर भनिएको छ, डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुन बमोजिम हुन्छ डिभोर्स’, प्रमुख सचेतक श्याम घिमिरेले भने ।
घिमिरेले कहीँ कतै गुरुङले गल्ती गरेको भए गुरुङ आफैले छानबिन होस भनिसकेको भन्दै कांग्रेस पनि त्यसमा सघाउन तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’
-
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली
-
केपीलाई विद्याको सन्देश : कम्युनिस्ट एकता गर्ने कि मार्ग प्रशस्त गर्ने ?