कांग्रेस बैठक
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
बुधबार, २६ भदौ २०८१, ११ : ४५
_1VGFAZ0c4W.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउनेबारे छलफल भएको छ । बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको संसदीय दल र सत्तारुढ दल बसेर साझा धारणा बनाउने निर्णय गरेको हो ।
‘उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, कुटनीतिक नियोगलाई पत्र लेख्ने जुन काम गर्नुभयो । यसले नेपालको संसदलाई नै अपमान गरेको कांग्रेसको बुझाइ छ, उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘यो विषय गम्भीर छ । यसले मुलुकलाई अपमान गरेको कांग्रेसको बुझाई छ । कसरी जाने भन्नेमा हाम्रो संसदीय दलको बैठक र सत्तारुढको समेत बैठक बसेर साझा धारणा बनाउँछौ ।’
कांग्रेसको बैठकअघि सत्तारुढ दलको बैठक बस्न लागेको घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत