शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

रानामाथि उठेका प्रश्नमा छलफल गर्न रास्वपाले बोलायो बैठक

बुधबार, २६ भदौ २०८१, ११ : १४
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । 

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामाथि संसदमा प्रश्न उठेपछि रास्वपाले उठेका प्रश्नबारे छलफल गर्न सचिवालय बैठक बोलाएको बुझिएको छ । उपसभामुख रानाले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सत्तापक्षका सांसदहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप