काठमाडौँ महानगरको वार्षिक समीक्षा : सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च

काठमाडौँ । काठमाडौँ महानगरले गत आर्थिक वर्ष २०८०/८१ मा ५१.०१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गत आर्थिक वर्षको वार्षिक समिक्षामार्फत यो अघिल्लो ५ वर्षको अवधिमा सबैभन्दा उच्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।
गत आर्थिक वर्षमा महानगरले २४ अर्ब रुपैयाँ कुल बजेट विनियोजन गरिएकोमध्ये १२ अर्ब बढि बजेट खर्च भएको छ । ‘विनियोजित बजेटमध्ये सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो ।’
उनले विभागीय प्रमुखहरुलाई राजस्व संकलन र पुँजीगत खर्च बढाउने र वेरुजु घटाउने विषयमा गम्भीर हुन आग्रह गर्दै यसमा गएको वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उल्लेख गरे । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो ।
यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी