संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज
बुधबार, २६ भदौ २०८१, ०८ : २१

काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताएका छन् ।
सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन् ।
‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरू आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म