कांग्रेस पदाधिकारी बैठक बस्दै, धनराज गुरुङ र उपसभामुखको विषयमा छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए ।
उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि मंगलबार संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । यस्तै सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
-
उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
-
सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस् : सांसद मनिष झा
-
रास्वपाको प्रश्न: पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत छ ?
-
फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री
-
यथार्थपरक नीति तथा कार्यक्रम ल्याउन संसदीय समितिको निर्देशन