शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

बुधबार, २६ भदौ २०८१, ०७ : ३५
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ । 

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तानहेरि केनको १०० औँ क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए । ५७औँ मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।

उनै केनले ७६ औँ मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्याण्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध २०१६ को युरो क्वालिफायिङमा डेब्यु गरेका थिए ।

यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ । 

ग्रीकका लागि फोटिस इओन्डिसले गोल गर्दै ५० औँ मिनेटमा गोलको खडेरी तोडेका थिए । ८७औँ मिनेटमा क्रिष्टोस टोजिल्सले गोल गर्दै ग्रीकलाई २–० को जीत दिलाए । 

जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन् । आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप