धनराज गुरुङविरुद्ध सीआईबीमा उजुरी परेको हो ?

काठमाडौँ । सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै संसदमा प्रश्न उठेपछि कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङले प्रस्टीकरण दिएका छन् । मंगलबार संसदमा बोलेका गुरुङले सहकारीको मुद्दामा आफूलाई ‘आरोपित’ गरिएको जिकिर गरे ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीमा जाहेरी परेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीमा) जाहेरी दिएका हुन् । सो जाहेरी ब्युरोमा पुगेपछि धनराजबारे टिका टिप्पणी भइरहेको छ । ब्युरोमा थापाले जाहेरी मात्रै दिएका छैनन्, त्यसबारे अनुसन्धान गर्न बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले पनि प्रहरीलाई पत्राचार गरेको छ ।
सीआईबीमा सो सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जनाविरुद्ध जाहेरी परेको छ । ब्युरो स्रोतका अनुसार ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध जाहेरी परेको छ । उनीहरुले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । तर, धनराज गुरुङविरुद्ध जाहेरी नआएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘जाहेरीमा उहाँको नाम उल्लेख छैन, अरू ५ जना प्रतिवादी छन् ।’
सोमबार जाहेरी परेको समाचार सार्वजनिक भएसँगै धनराज पनि रकम हिनामिनामा संलग्न भएकोबारे बहस भइरहेको छ । उनले सोमबार साँझ नै विज्ञप्ति निकालेर प्रतिवाद गरेका थिए । रकम हिनामिनामा संलग्न ज्योति गुरुङ उनकी पूर्व पत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।
जाहेरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । उनले भने, ‘जाहेरी दर्ता भएको अवस्था छैन, प्रारम्भिक अनुसन्धानपछि जाहेरी दर्ता गरेर थप अनुसन्धान अघि बढाउँछौँ ।’
जाहेरवालाले ५ जनासँग अपचलन भएको रकमको ब्याज सहित १२ करोड ५१ लाख बिगो माग दाबी गरेका छन् । तर, उजुरी पर्नुअघि नै धनराजकी पूर्व पत्नी ज्योति फरार भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’