बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
उत्पादन

डीडीसीको भरोसामा ‘बागमती दुग्ध पाउडर प्लान्ट’

२ महिनादेखि उत्पादन बन्द
बुधबार, २६ भदौ २०८१, ०६ : ५०
बुधबार, २६ भदौ २०८१

मकवानपुर । २०८० असोजमा निर्माण सम्पन्न भएको बागमती दुग्ध पाउडर प्लान्ट विगत करिब २ महिनादेखि ठप्प छ । अनुकूलतामा दुग्ध विकास आयोजना अन्तर्गतको हेटौंडा दुग्ध विकास आयोजनाले सञ्चालन गर्दै आएको दुग्ध पाउडर प्लान्ट गत साउन पहिलो साताबाट बन्द भएको हो ।

दुग्ध विकास संस्थान (डीडीसी)ले पर्याप्त दुध सङ्कलन नभएको भन्दै प्रदेश सरकारको सो पाउडर प्लान्ट बन्द गरेको छ । मेसिन सञ्चालन नगर्दा बिग्रने भएकाले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास आयोजनाले २०८० माघमा सम्झौता गरेर प्लान्ट सञ्चालनको जिम्मा डीडीसीलाई दिएको थियो ।

त्यस यता डीडीसीको भरोसामा टिकाइएको सो प्लान्टले २ महिनादेखि उत्पादन गर्न सकेको छैन । २०८० मंसिरमा बोर्डको खर्चमा डीडीसीले नै सो उद्योगको उत्पादन परीक्षण गरेको थियो । परीक्षण सफल भएपछि करिब २ महिना सो प्लान्ट डीडीसीले नै विनासम्झौता सञ्चालन ग¥यो । सम्झौतापछि पनि डीडीसीबाट प्रदेश सरकारले प्रतिफल तथा फाइदा लिन सकेको छैन ।

डीडीसीले हेटौंडा आयोजनामा सङ्कलन भएको दुधलाई ट्याङ्करमा भरेर प्लान्टमा ल्याउँछ र पाउडर उत्पादन गर्छ । उत्पादित पाउडर दुध डीडीसीले नै बजारमा पठाउँछ । उद्योग सञ्चालन बापत हालसम्म प्रदेश सरकारले कुनै प्रतिफल प्राप्त गरेको छैन ।

डीडीसीका कार्यकारी निर्देशकलाई शर्तनामा गरेर प्रदेश सरकारले रोयल्टी पाउने गरी सञ्चालन गर्न दिने बोर्ड र मन्त्रालयको योजना छ । सोही अनुसार बोर्डले स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने गरी सञ्चालन मोडालिटी प्रस्ताव माग गरेको थियो । तर, डीडीसीले हालसम्म प्रस्ताव पेस गरेको छैन ।

प्रदेश सरकारले प्रतिफल प्राप्त नगरे पनि प्लान्टको संरक्षण भइरहेको बोर्ड बताउँछ । सञ्चालन नगर्दा प्लान्ट बिग्रिनसक्ने भएकाले संरक्षण र नियमितताका लागि डीडीसीलाई सञ्चालन गर्न दिएको र त्यसबापत हालसम्म कुनै राजस्व प्राप्त नभएको मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले बताए ।

म्याद सकियो, डीडीसीको प्रस्ताव आएन

डीडीसीलाई सुम्पिएको सो प्लान्ट ठोस मोडालिटी र शर्तसहित डीडीसीलाई नै दिने तयारी प्रदेश सरकारले गरेको छ ।

डीडीसीका कार्यकारी निर्देशकलाई शर्तनामा गरेर प्रदेश सरकारले रोयल्टी पाउने गरी सञ्चालन गर्न दिने बोर्ड र मन्त्रालयको योजना छ । सोही अनुसार बोर्डले स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने गरी सञ्चालन मोडालिटी प्रस्ताव माग गरेको थियो । तर, डीडीसीले हालसम्म प्रस्ताव पेस गरेको छैन ।

२०८१ भदौ ६ मा प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डीडीसीसँग प्लान्ट सञ्चालन कार्ययोजना माग्ने निर्णय गरेको थियो । भदौ २० भित्रै कार्ययोजना माग गरिए पनि हालसम्म डीडीसीले प्रस्ताव पेस गरेको छैन । सचिव भट्टराईका अनुसार प्लान्ट सञ्चालनका लागि डीडीसी तयार र सकारात्मक छ । केही दिनमै कार्ययोजनासहित प्रस्ताव प्राप्त हुने उनले बताए ।

सञ्चालन मोडालिटीबारे छलफलमा आउन मन्त्री काफ्लेको निर्देशन

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको दुग्ध पाउडर प्लान्ट सञ्चालनको मोडालिटीबारे छलफलका लागि बोर्ड र मन्त्रालयलाई उपस्थित हुन निर्देशन दिएका छन् । उनले प्लान्टको सम्पूर्ण विवरणसहित आर्थिक मामिला तथा योजना मन्त्रालयमा छलफलका लागि उपस्थित हुन निर्देशन दिएका हुन् ।

सोमबार प्लान्टको स्थलगत अनुगमन गर्दै मन्त्री काफ्लेले विभागीय मन्त्रालयले विकास आयोजनाको प्रभावकारी सञ्चालन गरेर नागरिक र सरकारलाई उपलब्धि दिनेगरी काम गर्नुपर्ने बताए । सबै पक्षसँगको छलफलबाट प्रदेश सरकारको लगानीमा स्थापना भएको प्लान्ट सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

सरकारको लगानी अनुसार प्रतिफल ल्याउने गरी काम गर्न मन्त्री काफ्लेले कर्मचारीलाई समेत निर्देशन दिए । लगानी अनुसार प्रतिफल प्राप्त हुने र नागरिकलाई आर्थिक उपार्जनमा जोड्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

IMG20240909132854

सो प्लान्टमा प्रदेश सरकारको ५० करोड रुपैयाँ लगानी भएको छ । ३ वर्ष लगाएर न्यूरेनीस्थित सिसौघारीमा निर्माण गरिएको प्लान्ट कृषकहरूले उत्पादन गरेको दुधलाई खेर जान नदिन र ‘मिल्क होलिडे’ अन्त्य गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

दैनिक ६० हजार लिटर दुध प्रशोधन गरी ५ मेट्रिक टन पाउडर दुध उत्पादन र प्याकिङ गर्ने क्षमता रहेको सो प्लान्टबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाउने लक्ष्य छ । निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना महामारीका कारण एक वर्षमा सम्पन्न हुनुपर्ने सो प्लान्ट निर्माणका लागि थप २ वर्ष समय लागेको थियो । ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको सो प्लाण्टको लागत बढेर ४७ करोड पुगेको थियो ।

IMG20240909133252

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप