मादी नदीले बगाउँदा बालक बेपत्ता
मङ्गलबार, २५ भदौ २०८१, २१ : १९

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
उनले भने, “नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन । खोजी जारी छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा