कोशीका पूर्वमुख्यमन्त्री कार्कीले पुनः आमरण अनशनलाई निरन्तरता दिने

काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः आमरण अनशनलाई निरन्तरता दिने भएका छन् । कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए ।
यसअघि निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । उनीहरूको उपस्थितिकैबिच प्रहरीले कार्कीलाई अनशन स्थलबाट नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडपसमेत भएको थियो ।
कार्कीले पुनः आमरण अनशनलाई निरन्तरता दिने बताएका छन् ।
मोरङको अस्पताल चोक र देवकोटा चोकमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ भएका छन् । यस्तै प्रदेश सभातिर जान सर्वसाधारणलाई पनि निषेध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै