‘विपक्षी दललाई हतोत्साहित बनाउन उपसभामुखलाई हटाउन खोजियो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरूलाई हतोत्साहित गर्नका लागि उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक चौधरीले उपसभामुखलाई हटाउने कुरा निन्दनीय भएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरू कांग्रेस र एमालेभित्रै रहेका भन्दै उनले उनीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरे । उनले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताए । उनले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि बताए ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन खोजिएको बताए । उनले सरकारको स्वेच्छाचारी कदमलाई संवैधानिक परिषद्ले स्विकार्ने परिस्थिति बनाउनका लागि सत्तारुढ दल लागिपरेका बताए । उनले उपसभामुखको कदमको छानबिन गर्न सकिने बताए ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुखमाथि महाअभियोग लगाए कानुनी उपचार खोज्ने बताए । उनले महाअभियोग लगाए सत्तारुढ दलहरूले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । उनले उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
-
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ