पूर्वमुख्यमन्त्री कार्की अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा
विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए ।
उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । उनीहरूको उपस्थितिकैबिच प्रहरीले कार्कीलाई अनशन स्थलबाट नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडपसमेत भएको छ ।
माइकिङ गर्दा पनि नहटीकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । त्यसक्रममा दुई पक्षबिच दोहोरो झडप भएको थियो । केदारका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका थिए भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको थियो । झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
नियन्त्रणमा लिइएका पूर्वमुख्यमन्त्री कार्कीलाई उनकै निवास मोरङ बुढीगंगा छोडिदिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागा चैतन्यसँग सम्बन्ध विच्छेदपछि यी निर्देशकसँग डेट गर्दैछिन् सामन्था ?
-
राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-
जसपा बैठकमा बिषयगत छलफल
-
अहिले टौदहलाई फोटोजेनिक बनाइएको छ !
-
ट्रम्पले धेरै बोल्दा समस्यामा ह्वाइट हाउसका सोनोग्राफर
-
देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव