शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २५ भदौ २०८१, २२ : ००
मङ्गलबार, २५ भदौ २०८१

आज २०८१ भदौ २५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • बढे ईभी, बढेनन् चार्जिङ स्टेसन

नेपालमा गत आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ७०१ विद्युतीय कार, जीप भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झण्डै तीन गुणा बढी हो । आव २०७९-८० मा ४ हजार ५० वटा विद्युतीय कार, जीप भित्रिएका थिए ।

  • सहुलियत पसल

सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको जानकारी दिए ।

  • आईफोन-१६ मा के छ खास ?

एप्पलले आईफोन-१६ सिरिज लन्च गरेको छ । सेप्टेम्बर ९ मा कम्पनीको वार्षिक कार्यक्रम अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको थियो ।

  • काठमाडौँभित्रै बालश्रम

काठमाडौँ महानगरले बालबालिकाको उद्धार अभियानलाई तीव्रता दिएको छ । जोशीले विगतदेखि बालअधिकारका विभिन्न अभियान सञ्चालन गर्दैै आएका थिए । अहिले काठमाडौँ महानगर प्रमुखको सचिवालयमा काम गरिरहेको अवस्थामा समेत उनले सो अभियानलाई निरन्तरता दिइरहेका हुन् । त्यसका लागि उनीहरूसँग अन्य बालअधिकारकर्मीले पनि सहकार्य गरिरहेका छन् ।

  • उपसभामुख रानाको ‘पत्र प्रकरण’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको उपसभामुख बनेकी इन्दिरा राना मगरको पक्ष र विपक्षमा दलहरू फेरि विभाजित बनेका छन् । एक महिनाअघि पनि दलहरू उपसभामुखबारे यसैगरी विभाजित बनेका थिए । केही समय यो विषय सेलाएपनि अहिले पुनः सत्तापक्षका सांसदहरूले रानाको राजीनामा माग्न थालेका छन् भने प्रतिपक्षका सांसदहरू बचाउमा उत्रिएका छन् ।

  • संसद् बैठक

 मंगलबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने विषयमा बहस भएको छ । बैठकको आकस्मिक‚शून्य र विशेष समयमा यो विषयमा पक्ष विपक्षमा बहस भएको हो । बैठकमा सत्ता साझेदार दलले उपसभामुखलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरे भने प्रतिपक्षका दलहरू त्यसको प्रतिकारमा उत्रिए ।

  • मन्त्रिपरिषद्का निर्णयहरु

सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । 

  • आयोगमा उजुरी

जनता समाजवादी पार्टी (जसपा) नेपालविरुद्ध सोही पार्टीका नेता अशोक यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । जसपा नेपालको महाधिवेशनमा महासचिवका उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले आज निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् । 

  • सन्दीपको भिसा

प्रतियोगितामा सहभागी हुन क्यानडा प्रस्थान गर्ने टोलीको बिदाइ पनि क्यानले गरिसकेको छ । नेपाली टोली क्यानडामा लिग–२ शृङ्खला खेलेर अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । तर, नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसा (प्रवेशाज्ञा) भने अझै आएको छैन ।

  • आत्महत्या रोकथाम

आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । यो वर्ष ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा सरकारले आ–आफ्नो स्थानबाट जनचेतना फैलाउन, यससँग जोडिएको लाञ्छना कम गर्न भूमिका खेल्न आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप