अपडेट : मुख्यमन्त्रीसँगको छलफलपछि भोलि बिहानसम्म रोकियो कुर्मीको राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मन्त्री कुर्मीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँगकाे छलफलपछि बुधबार बिहान राजीनामा पत्र बुझाउने कुर्मीले बताए । उनले भने, 'उहाँ (मुख्यमन्त्री)सँग कुराकानी हुँदा भोलि बिहान राजीनामा पत्र बुझाउँछु ।'
लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले कुर्मीले राजीनामा बुझाउने जानकारी पार्टीको केन्द्र र प्रदेशमा गरिएको बताए । चौधरीले पार्टीले फिर्ता बलाउनु भन्दा पनि कुर्मीले आफ्नै कारणले राजीनामा बुझाउन लागिएको बताए ।
बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनीको मन्त्री बनेका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट वनमन्त्री बनेका हुन् ।
विवादमा आएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । विवाद बढ्दै गएपछि उनले राजीनामा दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित