मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

अपडेट : मुख्यमन्त्रीसँगको छलफलपछि भोलि बिहानसम्म रोकियो कुर्मीको राजीनामा

मङ्गलबार, २५ भदौ २०८१, १८ : २३
मङ्गलबार, २५ भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मन्त्री कुर्मीले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँगकाे छलफलपछि बुधबार बिहान राजीनामा पत्र बुझाउने कुर्मीले बताए । उनले भने, 'उहाँ (मुख्यमन्त्री)सँग कुराकानी हुँदा भोलि बिहान राजीनामा पत्र बुझाउँछु ।' 

लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले कुर्मीले राजीनामा बुझाउने जानकारी पार्टीको केन्द्र र प्रदेशमा गरिएको बताए । चौधरीले पार्टीले फिर्ता बलाउनु भन्दा पनि कुर्मीले आफ्नै कारणले राजीनामा बुझाउन लागिएको बताए । 

बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनीको मन्त्री बनेका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट वनमन्त्री बनेका हुन् । 

विवादमा आएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । विवाद बढ्दै गएपछि उनले राजीनामा दिएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप