एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपीले गरे बिदाइ

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सेवा निवृत्त भएका छन् । ५६ वर्षे उमेरहदका कारण उनी अवकाशमा गएका हुन् ।
मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा ज्ञवालीको बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले ज्ञवालीलाई बिदाइ गरेका हुन् । ज्ञवालीलाई बिदाइ गर्दै आईजीपी कुँवरले उनको प्रशंसा गरेका छन् । उनले भने, ‘संगठनले सुम्पिएको जिम्मेवारी उच्च व्यवासायिकताको साथ पुरा गरेर उहाँले प्रहरी संगठनमा अतुलनीय योगदान गर्नुभएको छ ।’
ज्ञवालीलाई कुँवरले मायाको चिनो प्रदान गरे । आईजीपी कुँवर र ज्ञवाली २०५१ चैत ५ मा इन्स्पेक्टरबाट सँगै प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । तर, ज्ञवालीसहितका उच्च प्रहरी अधिकृतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेर सो व्यवस्था हटाउन माग गरेका थिए । सर्वोच्चले उनीहरूको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ज्ञवाली अवकाशमा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा