प्रहरी नै अपराधी किन बन्छन् ?
काठमाडौँ । घुस लिँदै गर्दा महोत्तरीको कान्तिबजारस्थित चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा पक्राउ परे । २०८० फागुन २८ मा उनीहरूले लिएको २० हजार रुपैयाँ घुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बरामद गरेको थियो ।
प्रहरी कर्मचारी घुस लिएको घटनामा मात्रै होइन, आफैँ लुटमा संलग्न आरोपमा पनि पक्राउ पर्ने गरेका छन् । विदेशबाट फर्केकाहरूलाई पछ्याएर ललितपुरको सातदोबाटामा छेकेर सुन, आईफोन र एप्पल कम्पनीको ल्यापटप लुटेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एकजना जवानसहित ३ जना अहिले थुनामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको महाराजगञ्ज शाखामा कार्यरत जवान डम्मलालबहादुर पाध्यायलाई अहिले प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखिएको छ ।
दुबईबाट हस्तकला चलाउनेले ल्याएको सुन र ग्याजेट अरू चार जनासँग मिलेर प्रहरी जवानले लुटेका हुन् । लुट्ने बेला उनीहरूले भनेका थिए, ‘हामी प्रहरी हौँ ।’ लुटमा संलग्न प्रहरी जवान पाध्याय, खोटाङको दिक्तेल–११ घर भएका विकास श्रेष्ठ उर्फ प्रकाश र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएर बूढानीलकण्ठ बस्ने मनोज भुजेल उर्फ गुन्दास थुनामा छन् । तर, सो घटनामा संलग्न अर्का एकजना प्रहरी फरार छ ।
दुईवटा कारणबाट प्रहरी कर्मचारीहरू ‘लुटपाट’ जस्तो जघन्य अपराधमा संलग्न हुने गरेको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।
अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत लोचन अधिकारी फरार छन् । उनी सहायक हवल्दार हुन् । लोचनकै योजनामा लुटपाट भएको घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी वृत्त सातदोबाटोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
साउन २९ मा आरोपीहरूले आईफोन–१४ दुई वटा, सामसुङ अल्ट्रा–२४ मोबाइल दुईवटा, एप्पल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेका हुन् । विदेशबाट मणिकुमार राईले मगाएको ४ तोला बराबरको दुई थान सिक्री पनि उनीहरूले लुटेको अनुसन्धानबाट थाहा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोदावरी जाँदै गरेका हस्तकलासहित दुईजना चढेको ट्याक्सीलाई मोटरसाइकलबाट फलो गरेर सातदोबाटो पुगेपछि उनीहरूले लुटेका हुन् ।
दुईवटा कारणबाट प्रहरी कर्मचारीहरू ‘लुटपाट’ जस्तो जघन्य अपराधमा संलग्न हुने गरेको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । कार्यरत युनिटमा उनीहरूमाथि निगरानी नपुग्दा प्रहरी कर्मचारीहरू गलत बाटोमा लाग्ने गरेको मल्लले बताए । उनी भन्छन्, ‘मुख्य चाहिँ कमाण्डरले आफ्ना कर्मचारीमाथि नियन्त्रण गर्ने र हेर्ने हुनुपर्छ, त्यसमा कमी भएको छ कि ?’
त्यस्तै, राजनीतिकरणले गर्दा प्रहरीमा अनुशासनहीनता बढेको छ । मल्ल भन्छन्, ‘अनुशासनहीनता बढेर प्रहरी कर्मचारी त्यस्ता गतिविधिमा लाग्ने गरेको देखिन्छ ।’
राजनीतिकरणले ‘चेन अफ कमाण्ड’मा हस्तक्षेप भएपछि प्रहरी प्रधान कार्यालयले आफ्ना कर्मचारीहरूलाई शक्तिकेन्द्र भेट्न जाँदा अनुमति लिन सर्कुलर गरेको छ । मल्ल भन्छन्, ‘अत्ति भएपछि प्रहरी प्रधान कार्यालयले त्यस्तो सर्कुलर गरेको हुनुपर्छ ।’
भ्रमण भिसामा विदेश पठाएर रकम असुलीमा संलग्न आरोपमा २०८० कार्तिक १२ मा प्रहरी जवान जीवराज तामाङ पक्राउ परे । मानव तस्करीमा उनको ‘कनेक्सन’ देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट थाहा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तामाङले गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने काम गरेका हुन् ।
गिरोहसँग मिलेर प्रहरी कर्मचारीहरू यस्ता अपराधमा संगठित रूपमा नै लाग्ने गरेको अपराध विश्लेषक दीपेश केसी बताउँछन् । केसीले भने, ‘यस्ता घटना मिलेमतोमा हुन्छन्, कतिपय प्रहरी कर्मचारी फस्ने गरेका पनि छन् ।’
गैरकानुनी चिजमा उजुरी पर्दैन र सजिलै कमाइ हुन्छ भनेर प्रहरी कर्मचारीले यस्ता अपराध गर्छन् । वरिष्ठ अधिवक्ता खरेल भन्छन्, ‘कानुन अनुसार लड्ने व्यक्तिहरू ठोक्किएपछि मात्रै यस्ता घटना बाहिर आउँछन् ।’
अपराध अनुसन्धानमा लामो समय काम गरेपछि विदेशबाट अवैध तरिकाले आउने सुन लगायतका सामाग्री लुट्दा सजिलै कमाइ हुने देखेर पनि प्रहरी कर्मचारीहरू जघन्य अपराधमा लाग्छन् । विदेशबाट सुन पठाउने र विमानस्थलमा तेस्रो व्यक्तिले सङ्कलन गरेर लैजाने काममा प्रशासनले कडाइ गरेको छ । त्यस्तो काम आफैँमा अवैध हुनाले सुन आएको सूचना पछ्याएर लुट्दा अवैध काम गर्नेहरू उजुरी गर्न नजाने तथ्य बुझेर प्रहरी कर्मचारी लुटमा लागेका हुन् । अपराध विश्लेषक दीपेश भन्छन्, ‘सबै जना त्यस्ता हुँदैनन्, एक दुई जना त्यस्ता भेटिन्छन् ।’
अधिकृतहरूले गैरकानुनी कामबाट फाइदा लिएको देख्ने जुनियर प्रहरी यस्ता अपराधमा संलग्न हुने गरेका छन् । जुवा खालमा छापा मारेपछि मुद्दा नचलाई फाइदा लिने वा तस्करीको मोबाइल बरामद गरेपछि फाइदा लिएर छाड्ने घटनाबाट ‘मोडस अपरेन्डी’ सुरु हुने बताउँछन् वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल । खरेल भन्छन्, ‘माथिल्लो अधिकृतको आचरण देखेर यस्ता घटनामा जुनियर कर्मचारी संलग्न हुन्छन्, यस्ता घटना प्रहरी भित्रको सांस्कृतिक समस्या हो ।’
गैरकानुनी चिजमा उजुरी पर्दैन र सजिलै कमाइ हुन्छ भनेर प्रहरी कर्मचारीले यस्ता अपराध गर्छन् । वरिष्ठ अधिवक्ता खरेल भन्छन्, ‘कानुन अनुसार लड्ने व्यक्तिहरू ठोक्किएपछि मात्रै यस्ता घटना बाहिर आउँछन् ।’
- हवल्दारले मागे ४० लाख
दुबईबाट सुन कारोबार गर्ने एकजना भारतीय नागरिकले पठाएको साढे २ केजी सुन गायब भएको घटना २०८० चैतमा बाहिरियो । मलद्वारमा लुकाएर सुन ल्याउनेहरू सम्पर्कविहीन भएपछि प्रहरीका वरिष्ठ हवल्दार सुन्दर नेपालीले सो सुन फिर्ता गराइदिने आश्वासन तस्कर समूहलाई दिए ।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौँकामा कार्यरत सहायक हवल्दार गणेश खड्कामाथि छानबिन भइरहेको छ । मुद्दा शाखामा कार्यरत हवल्दारले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर ५० लाख असुल गर्न अर्का एकजना व्यक्तिलाई सहयोग गरेको आशङ्का छ ।
सुन्दरले सुन फिर्ता गराउने आश्वासन दिँदै तस्करसँग ४० लाखको डिल गरे । रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको ‘इन्टेलिजेन्स शाखा’ मा कार्यरत वरिष्ठ हवल्दार सुन्दरलाई ब्यूरोले असार ९ मा पक्राउ गरेर मुद्दा चलाएको थियो ।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौँकामा कार्यरत सहायक हवल्दार गणेश खड्कामाथि छानबिन भइरहेको छ । मुद्दा शाखामा कार्यरत हवल्दारले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर ५० लाख असुल गर्न अर्का एकजना व्यक्तिलाई सहयोग गरेको आशङ्का छ ।
काठमाडौँका एसएसपी बसन्त रजौरेले एसपी नवराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा डीएसपी प्रह्लाद कार्की सहित ४ जना सदस्य छन् । क्यानडाबाट काठमाडौँ आएका आशिष आचार्य क्रिप्टो कारोबारमा संलग्न भएको सूचना तेज तामाङले सहायक हवल्दार खड्कालाई दिएका थिए ।
सो सूचनाको आधामा भदौ १४ मा आचार्य पक्राउ गरे । क्यानडामा बसेर क्रिप्टो कारोबार गरेको तर, नेपालमा त्यसबारे उनले कारोबार नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएपछि प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको थियो । तर, उनलाई छुटाउने आश्वासन दिएर तेज तामाङले आशिषको दिदीसँग ५० लाख रकम असुलेको थाहा भएको छ । मुद्दा चलाउनुपर्ने आधार नदेखिएको सूचना गणेशले दिएपछि ‘छुटाउँछु’ भनेर तेजले रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरूको आशङ्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने