आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो अरुणिमाको अभिनयमा कमब्याक सिरिज ‘घर बट इन अमेरिका’

मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । अमेरिकामा रहेका नेपाली कलाकारको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ । टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा देखाइएको छ । 

सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् भने पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भएको सिरिजमार्फत चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन् । सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको मुख्य भूमिकामा अभिनय छ ।

‘घर बट इन अमेरिका’को सम्पूर्ण छायाङ्कन अमेरिकामै भएको हो । सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ । पशुपति बस्यालको छायाङ्कन, मित्र डी. गुरुङको सम्पादन रहेको सिरिजका कार्यकारी निर्माता रोशन घिमिरे हुन् ।

सिरिजको पहिलो सिजनको केही भागको छायाङ्कन सकेर टिजर सार्वजनिक गरिएको हो । तर टिजरमा स्ट्रिमिङ सुरु हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन । निर्देशक बिमलेशले छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुङ्गो लगाएर प्रसार मिति समेत तय गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया