यसरी गरिँदैछ इन्द्रजात्राको तयारी
_dGZbTeJ2kv.jpg)
काठमाडौँ । अर्को साता सुरु हुने इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ । रङरोगन गरेर चिटिक्क पारिएको वसन्तपुर क्षेत्रमा अहिले रथ निर्माणको काम चलिरहेको हो । काठको रथका विभिन्न भागहरू फेर्नुपर्ने भएकाले त्यसको काम पनि अघि बढिरहेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ ।
इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धूमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ ।
यही भदौ २६ गते बुधवारको दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइने छ । भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिने छ भने असोज १ गते मंगलबार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ ।
असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
-
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली