जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सचिव घुससहित पक्राउ
मङ्गलबार, २५ भदौ २०८१, १५ : ५७

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडा अध्यक्ष र सचिवसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डल छन् ।
अख्तियारको कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले ४ लाख ५० हजार नगद बरामद गरेको छ । उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । घरबाटो प्रमाणित गरिदिनका लागी उनीहरूले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार