काठमाडौँकाे भोटेबहालस्थित गेष्टहाउसमा शव फेला
मङ्गलबार, २५ भदौ २०८१, १५ : ३०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ स्थित भोटेबहालको गेष्ट हाउसमा शव भेटिएको छ । भोटेबहालको निलगिरी गेष्टहाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्ण मृत भेटिएका हुन् ।
गेष्टहाउसमा मृत भेटिएका कर्णबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनी भदौ २२ देखि सो गेष्ट हाउसको तेस्रो तलाको ८ नम्बर कोठामा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?