लिग–२ शृङ्खलाका लागि जगत टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जगत टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनले यसअघि पनि लामो समय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
नेपाली क्रिकेट टोलीले निकट भविष्यमा क्यानडा र अमेरिकामा आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्दैछ । उक्त शृङ्खलामा टमाटाले कन्सल्टेन्ट प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।
क्यानका सचिव पारस खड्काले क्यानडा र अमेरिकामा हुने क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खलाका लागि टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिइएको बताए ।
लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गर्न क्यानद्वारा मंगलबार आयोजित कार्यक्रममा पनि टमाटा उपस्थित थिए । नेपाली टोली मंगलबार राति नै क्यानडातर्फ प्रस्थान गर्दैछ ।
‘राष्ट्रिय टोली अब करिब दुई महिना देश बाहिर रहने छ । क्यानडा र अमेरिकामा हुने लिग–२ प्रतियोगिताका लागि जगत टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिइएको छ,’ पारसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल