बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मिडियाबाट निरन्तर खबरदारी चाहिन्छ : मुख्यमन्त्री आचार्य

मङ्गलबार, २५ भदौ २०८१, १४ : ३८
मङ्गलबार, २५ भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी चाहिने बताएका छन् ।

उनले  तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जबाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारी गर्न आग्रह गरेका हुन् ।  

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आग्रह गरे ।  

उनले तथ्यमा समाचार लेख्न आग्रह गर्दे कतै कमजोरी भएमा सच्चिन तयार रहेको बताए । उनले प्रदेश सकारको नियतमा खोट नभएकाले कमीकमजोरी भए सच्चाउन तयार रहेको स्पष्ट पारेका हुन् । उनले पूर्वविशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम गरिएको बताए ।  

कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । उनले  संघीयताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउने गरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप