देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन् । गृहजिल्ला संखुवासभामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री खड्काले जनताहरूसँग छलफल, परामर्श गरी समायानुकुल हुनेगरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने बताए । उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निस्कर्ष दुई ठुला राजनीतिक दलहरूले निकालेको भन्दै संविधानमा भएका कमी, कमजोरीलाई सच्याउने प्रतिबद्धता जनाए ।
मन्त्री खड्काले वर्तमान सरकार दुई ठुला राजनीतिक दलहरू मिलेर बनेको उल्लेख गर्दै स्थायी ढंगले पूर्ण कार्यकालसम्म रहने दाबी गरे । उनले जनतालाई अनुभूति हुने, न्यायोचित ढंगले देखिने गरी काम गर्न दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताए ।
मन्त्री खड्काले विकास निर्माणको जनताको चाहनालाई सम्बोधन गर्न सरकार बनेको भन्दै यसमा ढिलासुस्ती र आलटाल गर्ने छुट नरहेको बताए । उनले अब आर्थिक क्रान्तिको अगुवा कांग्रेसले गर्नेपनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा