उपसभामुखबारे गोकुल बास्कोटा : प्रश्न उठेपछि मैल राजीनामा दिएको थिएँ

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए ।
उनले भने,‘बालबालिका वा अन्य मान्छेहरू अमेरिका पठाउने सन्दर्भमा उपसभामुखबारे प्रश्न उठ्यो । केही साथीहरूले उहाँको बारेमा प्रश्न उठाउन हुँदैन, लोकतन्त्रको चीरहरण हुन्छ भन्नुभयो, तर मेरो सामान्य ज्ञानले के भन्छ भने, सबैमाथि प्रश्न उठाउन पाइन्छ र जसलाई नैतिकताको कसीमा जाँचिनु छ भने त्यसलाई चुनौती दिन, अरूलाई गलत प्रमाणित पनि लोकतन्त्रमा कानुनीराजमा हुन्छ । मेरो उपसभामुखलाई सामान्य सुझाव छ, संसदमा पटक पटक प्रश्न उठेपछि जवाफ दिनुपर्छ । ममाथि प्रश्न उठेपछि मैले पदबाट राजीनामा गरेको थिएँ । दोषी भए प्रमाणित गरियोस्, गल्ती भएका तत्थयका आधारमा कारबाही गरियोस् ।’
उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी