सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भारतमा पनि भेटियो मंकीपक्स

मङ्गलबार, २५ भदौ २०८१, १३ : ५३
मङ्गलबार, २५ भदौ २०८१

नयाँ दिल्ली । भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ । हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ ।

आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेड २ भ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।

एमपक्सको सङ्क्रमण पुष्टि भएपछि भारतले सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशका लागि एड्भाइजरी जारी गरेको छ । कंगोमा एमपक्सको नयाँ भ्यारिएन्ट देखिएको अनि सङ्क्रमण बढेको स्थितिमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अगष्ट १४ मा एमपक्सलाई उच्च अलर्टमा राखेको थियो । यसको अर्थ यसमाथि तत्कालै ध्यान दिन जरुरी छ भन्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप