किम जोङ उनले आणविक हतियारको सङ्ख्या द्रुत रूपमा बढाउने
मङ्गलबार, २५ भदौ २०८१, १३ : ३४

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले देशको आणविक हतियारको सङ्ख्या द्रुत गतिमा बढाउने बताएका छन् । सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार बताए अनुसार आणविक हतियारको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न किमले आणविक शक्ति निर्माण नीति लागू गरिरहेका छन् ।
सोमबार उत्तर कोरियाको स्थापना दिवसको अवसर पारेर किमले एउटा भाषण पनि दिएका थिए । सो क्रममा राज्यको सुरक्षा अधिकार सुनिश्चित गर्न आफ्नो आणविक क्षमता बढाउनु पर्ने र यसलाई उचित तवरले प्रयोग गर्न तम्तयार हुनु पर्ने पनि उनले बताए ।
अमेरिका र यसका पिछलग्गुहरूबाट उत्पन्न अनेकौँ खतराहरूको सामना गर्न सैन्य उपस्थिति बलियो पार्न जरुरी रहेको उनको भनाइ थियो । मंगलबार बिहानसम्म उत्तर कोरियाले आफ्नो ७६ औँ वार्षिकोत्सव मनाउने क्रममा भने कुनै पनि हतियार वा अस्त्र प्रदर्शन गरेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान