युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु
मङ्गलबार, २५ भदौ २०८१, १३ : ११

मस्को । रुसको मस्को नजिक एक महिलाको निधन भएको छ । युक्रेनले हानेको ड्रोनले अपार्टमेन्टमा लाग्दा आगलागी भएर ती महिलाको निधन भएको रुसी अधिकारीहरूले बताएका हुन् ।
रुसको रक्षा मन्त्रालयले बताएअनुसार रुसी सेनाले रातारात १४४ वटा युक्रेनी ड्रोन खसालेका छन् । २० वटा ड्रोन मस्कोको आकाशबाट खसाइएको बताइएको छ ।
ड्रोन आक्रमणमा परेर मंगलबार सबेरै दुई वटा अपार्टमेन्ट भवनमा क्षति पुगेको र कयौं फ्ल्याटमा आगो लागेको मस्कोका क्षेत्रीय गभर्नर अन्द्रेई भोरोब्योभले भनेका छन् । यस क्रममा एउटा अपार्टमेन्ट भवनको ११ र १२ औं तल्लामा आगलागी हुँदा रामेन्स्कोयेमा एक महिलाको निधन भएको उनले बताए । अरु तीन जना घाइते भएको बताइएको छ । प्रभावित भवनबाट ४३ जनालाई अन्यत्र सुरक्षित स्थलमा सारिएको उनले बताए । युक्रेनी हवाई आक्रमणबीछ मस्कोमा हवाई उडान स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा