चर्चित हलिउड अभिनेता जेम्स अर्ल जोन्सको निधन
लस एञ्जलस । हलिउडका चर्चित अभिनेता तथा भ्वाइस आर्टिष्ट जेम्स अर्ल जोन्सको निधन भएको छ । ९३ वर्षको उमेरमा सोमबार जेम्सको निधन भएको हो । उनी आफ्नो सशक्त आवाजका लागि प्रसिद्ध थिए । उनले डार्थ भाडर र मुफासा जस्ता लोकप्रिय पात्रहरूलाई आफ्नो आवाज पनि दिएका थिए ।
सोमबार बिहान जोन्सको निधन भएको उनको एजेन्ट बेरी म्याकफेर्सनले भनेका छन् । जोन्सले फिल्ड अफ ड्रिम्स, कमिङ टू अमेरिका, कोनन द बार्बेरियन र लायन किंग लगायत दर्जनौँ फिल्ममा काम गरेका छन् ।
स्टार वार्सका सुपरभिलेन डार्थ भाडरको लागि दिएको आवाजका लागि उनी बढी चर्चित छन् । स्टार वार्समा भाडरको छोरा ल्यूक स्काईवाकरको भूमिका निर्वाह गरेका मार्क हमिलले आफ्नो इन्ष्टाग्राममा ‘रिप ड्याड’ क्याप्शन लेखेर एउटा पोस्ट गरेका छन् ।
आफ्नो अभिनय करियरमा जोन्सले तीन वटा टोनी अवार्डसमेत दुई वटा एमी र एउटा ग्रामी पनि जितेका थिए । सन् २०११ मा ओस्करले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरेको थियो । उनको मृत्युको खबरपछि एक पछि अर्को गर्दै हलिउड कलाकारहरूले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला
-
नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने
-
सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका दिनेशको हत्या भएकाे आशंका