खाद्य र कृषिका लागि भएको प्रयास पर्याप्त छैन : मन्त्री अधिकारी
![खाद्य र कृषिका लागि भएको प्रयास पर्याप्त छैन : मन्त्री अधिकारी](https://npcdn.ratopati.com/media/news/adjikari_e0E0zPyVty.jpg)
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका हुन् ।
अधिकारीले कृषि उत्पादनका लागि सामग्री उपलब्ध नरहेको बताए । 'किसानले समयमा मलखाद, बिउ न पाउने समस्या विगतबाट हुँदै आएको छ,' उनेले भने,'हामीले यो विषयमा धेरै काम गर्ने बाँकी छ ।'
मन्त्रीले लगानी दशक घोषणा अनुसार कार्ययोजना तयार गरी रहेको बताए । उनले भने, '२०८१ देखि २०९१सम्म राज्यले कृषि लगानी दशक घोषण गरेको छ र यसलाई सार्थक बनाउन मन्त्रालयले आवश्यक तयारी गरेको छ।'
कृषिमा आवश्यक भन्दा कम लगानी रहेकाले यसलाई प्रोत्साहन गर्न पर्ने तर्क राखे । उनले हालको दशकमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरणका सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने